लायन्स क्लब अफ लुम्बिनी गैडहवाद्धारा मुठी दान ग्रहण तथा राहत वितरण कार्यक्रम

प्रकाशित मिति:

१७, जेठरसोमवार । लायन्स क्लब अफ लुम्बिनी गैडहवाले मुठी दान ग्रहण तथा राहत वितरण कार्यक्रम सोमवारदेखि सुरुवात गरेको छ ।कोरोना महामारीले निषेधाज्ञाको अवस्था सिर्जना गरेपछि घरमा नै बसेका विपन्न परिवारलाई लक्षित लायन्स क्लबले मुठी दान कार्यक्रमको आयोजना गरेको हो ।

निषेधाज्ञाका कारण साँझ विहानको छाक टार्न पनि धौ धौ परिरहेको परिवारलाई रोग भन्दा पनि भोकले मर्नु पर्ने अवस्था सिर्जना भएको भन्दै मुठी दान कार्यक्रम कार्यक्रम शुरुवात गरिएको कार्यक्रमका कोअर्डिनेटर राजन उपाध्यायले जानकारी दिनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिका लागायतका क्षेत्रलाई लक्षित गरिएको भएपनि अप्ट्यारोमा परेका हर कोहीलाई सहयोग गर्ने उपाध्यायले बताउनुभयो ।मुठी दान कार्यक्रमको नेतृत्व अध्यक्ष विश्वराज पौडेलले गर्नुभएको छ भने कोषाध्यक्ष पवन जैसवालले सपोर्ट तथा कार्यक्रमको संयोजन राजन उपाध्यायले गर्नुभएको छ ।