एनआइ सी एशिया क्यापिटलमा अनलाइन मार्फत लगानी व्यवस्थापन सेवा लिन सकिने

प्रकाशित मिति:

एनआइसी एशिया क्यापिटलले अनलाइन मार्फत लगानी व्यवस्थापन सेवा ९पीएमएस० सेवा प्रदान गर्ने भएको छ । क्यापिटलले जारी निषेधाज्ञाका कारण लगानी व्यवस्थापन सेवा अनलाइन मार्फत प्रदान गर्ने जनाएको हो ।

क्यापिटलले भौतिक रुपमा उपस्थित भई प्रदान गरिने सम्पुर्ण सेवाहरु पुर्ण रुपमा बन्द भईरहेको अवस्थामा लगानीकर्ताहरुलाई शेयर बजारमा लगानी गरि प्रतिफललिन सहजीकरण गर्ने मुख्य उद्देश्यका लगानीकर्ताहरुलाई अनलाइनको माध्यमबाट लगानी व्यवस्थापन सेवाको लागि आवेदन दिन सकिने व्यबस्था मिलाएको छ

अनलाईन मार्फत लगानीव्यवस्थापन सेवालिन चाहने ग्राहकहरुले क्यापिटलको वेभसाईट वा सोझै यो लिंक https://www.nicasiacapital.com/book-an-appointment  मा क्लिक गरि जानकारी लिन सकिन्छ । आफ्नो समय अनुकुल भच्र्युल मिटिङको लागि लागि समय पनि बुक गर्न सकिनेछ ।

साथै लगानी व्यवस्थापन सेवा लिनको लागि सोझै https://portfolio.nicasiacapital.com/Global/Account/Login  मा क्लिक गरि रित पूर्वक आवश्यक विवरण/कागजातहरु अपलोड गर्नु पर्नेछ । यस सेवाको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नं. ९८५११२१९९४ मा पनि सम्पर्क गर्न सकिनेछ ।

लगानीकर्ताहरुले क्यापिटलको लगानी व्यवस्थापन सेवा अनलाईन मार्फत सहज रुपमा घरमै बसेर शेयर बजारमा लगानी गरि अल्पकालीन र दिर्घकालीन फाईदा लिन सकिनेछ ।यसले लगानी सम्बन्धी निणर्य गर्दा शेयर बजार सम्बन्धी राम्रो ज्ञान र अनुभव भएका विज्ञ समुहबाट गरिने हुँदा लगानीकर्ताहरुलाई कम जोमिख बहन गरि उच्च प्रतिफल प्राप्त गर्ने अवसर मिल्ने क्यापिटलको दाबी छ ।