चिकित्सकको लापरवाहीले मृत्यु भएका महादेव शाहको परिवारले अझै क्षतीर्पुती पाएन

प्रकाशित मिति:

गत साउन २० गते भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यू भएका धनुषाका २३ बर्षिय महादेव शाहको परिवारले न्याय नपाएको गुनासो गरेका छन । सोही अस्पतालमा एम बिबि एस अध्ययनरत विद्यार्थी समेत रहेका शाहको उपचारमा अस्पतालले गम्भिर लापरवाहीगर्दा मृत्यू भएको परिवारको भनाई छ ।

रिर्पोटस क्लब प्रदेश ५ बुटवलले बुधबार गरेको साक्षात्कार कार्यक्रममा पिडित शाहका परिवारले न्याय नपाएको गुनासो गरेका हुन । महादेवका भाई अविनास शाहले सम्पत्ति बेचेर दाजूलाई पढाएको  बताउँदै अहिले परिवारमा विचल्ली भएको बताए ।अस्पतालले छानविन समितिको प्रतिवेदन समेत लागू नगरेको भन्दै शाहको पढाईमा लागेको खर्च उपलब्ध गराउनुपर्ने परिवारको माग छ ।

‘अस्पतालले छानविन गरेर क्षतिपूर्ती दिने सम्झौता गरेको थियो, महिनौं वित्दा पनि अस्पतालले हाम्रो कुरा सुनेन’उनले भने । शाहको मृत्यू पछि अस्पतालमा अध्ययनरत विद्यार्थीहले आन्दोलन चर्काएका थिए । आन्दोलनका क्रममा केहि सञ्चारकर्मीको क्यामेरामा समेत तोडफोड भएको थियो । मेडिकल कलेजमा विद्यार्थी शाहको मृत्यूको बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले छानविन समिति गठन गरेको थियो । उक्त छानविन समितिले अस्पतालले उपचारमा लापरवाही गरेकाले प्रचलित कानुन अनुसार उचित क्षतिपूर्ती दिन अस्पताललाई निर्देशन दिइएको थियो । छानविन समिति बुझाएको लामो समय सम्म पनि पिडित परिवारले न्याय नपाउनु दुःखद भएको छानविन समितिका सदस्य एंव इलाका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत विष्णु ज्ञवालीले बताए । उनले प्रशासनको तर्फबाट पहल भइरहेको तर अस्पताल प्रशासनले पिडित परिवार बाट कुनै माग नभएको भन्दै आलटाल गर्दा ढिलाई भएको बताए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का प्रमुख पवन भट्टले मेडिकल विद्यार्थी नै उपचारमा लापरवाही भएर मृत्यू हुने कुरा सामान्य नभएको भन्दै अस्पतालले लापरवाही गरेको बताए । उनले तत्काल पिडित परिवारलाई राहात दिन अस्पताललाई आग्रह गरे । नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कृष्ण खरेलले प्रतिवेदन अनुसार अस्पतालले पिडितलाई न्याय दिनुपर्ने बताउँदै चिकित्सकको लापरवाही भए कारवाही गर्न आफूहरु तयार रहेको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष एंव अस्पताल घटनाको छानविन समितिका सदस्य दिनेश पाण्डेले उपचारमा अस्पतालमा धेरै कमजोरी भएको पाइएकाले छानविन समितिको प्रतिवेदन अनुसार अस्पतालले पिडित परिवारलाई न्याय दिनुपर्ने बताए । उनले पत्रकार माथि भएको आक्रमण र उपकरणको क्षतिपूर्ती दिने सम्झौता भएको समेत बताए । कार्यक्रम रिर्पोटस क्लबप्रदेश ५ का संयोजक रामकुमार क्षेत्रीको अध्यक्षता तथा तेजेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।