एसईईको आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरिने

प्रकाशित मिति:

जेष्ठ १८ गते मंगलबार २०७८ तिलोत्तमा सिटी।सरकारले यस वर्षको माध्यामिक शिक्षा परीक्षा ९एसईई० आन्तरिक मूल्यांकनबाट गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाट परीक्षा लिएर सोहीअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसबारेको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो

यसअघि परीक्षाको मोडालिटी तयार गर्न कार्यदल बनाइएको थियो । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको थियो भने बोर्डले मन्त्रालयमा पेश गरेको थियो ।मन्त्रिपरिषद्ले एसईईबारे टुंगो लगाएपछि अब परीक्षा कसरी हुने भन्ने अन्योलता पनि हटेको छ । सरकारले कोरोनाकै कारण यसअघि तय गरेको परीक्षा स्थगित गरेको थियो । अब आन्तरिक मूल्यांकनबाट परीक्षा गर्न आवश्यक तयारी गरिनेछ।