खार बजारमा प्रथम बडिगाड महोत्सव तथा पौंदी न्वागी मेला सम्पन्न

प्रकाशित मिति:

गुल्मी र वाग्लुङ्गको संगम स्थल खार बजारमा प्रथम बडिगाड महोत्सव तथा पौंदी न्वागी मेला सम्पन्न भएको छ । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले विगत लामो समयदेखि उक्त स्थानमा न्वागि मेलाको आयोजना गर्ने परम्परा भएपनि यो पटक न्वागी मेलासँगै प्रथम बडिगाड मेलाको समेत आयोजना गरिएको थियो । मंसिर १ गतेदेखि संचालन भएको उक्त महोत्सव विविध कार्यक्रमहरुको आयोजना गरि नौं दिनसम्म संचालन गरिएको थियो । ‘कला संस्कृति, कृषि र पर्यटन, संमृद्ध बडिगाडको आधार, प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागि मेला, नमूना बडिगाडको पुर्वाधार’ भन्ने मूल नारा सहित महोत्सव तथा मेलाको आयोजना गरिएको हो ।
स्थानीय कला संस्कृति र उत्पादनको प्रवद्र्धन एवं बडिगाड गाउँपालीका अन्र्तगतका धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न मेला अविष्मरणीय मात्र नभई थप ऐतिहासकि बनेको आयोजकहरुले बताएका छन् । एक लाख भन्दा वढी दर्शकहरुले अवलोकन गरेको उक्त महोत्सवमा ३ करोड रुपैंयाँ बरावरको कारोवार भएको बडिगाड संस्कृति तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष कलाधर घिमिरेले बताउनु भयो।
महोत्सवमा सबै भन्दा बढी आकर्षणको रुपमा बुर्तिवाङ्ग आरन व्यवसायी सेवाद्वारा निर्मित ३५ किलोको नेपाली खुकुरि रहेको थियो । उक्त खुकुरी हेर्न र त्यसलाई समातेर तस्वीर लिनका लागि सर्वसाधारणको दिनहुँ घुँईचो लाग्ने गरेको देखिन्थ्यो । महोत्सवलाई थप आकर्षक बनाउनका लागि आयोजकहरुले राष्ट्रिय स्तरका चर्चित कलाकारहरु, स्थानीय साँस्कृतिक झाँकिहरु, खुल्ला भलीवल प्रतियोगिता संचालन गर्नुका साथै, कृषि उत्पादनका विभिन्न उपजहरुसमेतप्रर्दशन गरिएको आयोजक केन्द्रका सचिव विष्णु प्रसाद आचार्यले जानकारि दिनु भएको छ ।
बडिगाड संस्कृति प्रवद्र्धन केन्द्रको आयोजना, सितुरियो कराँते बडिगाड डोजोको सहआयोजना र बडिगाड गाउँपालिकाको मुख्य प्रवद्र्धनमा उक्त महोत्सव तथा मेला सम्पन्न भएको थियो ।