नेपालमा थप ६०८५ जनामा कोरोना पुष्टि, ६८ को मृत्यु

प्रकाशित मिति:

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६०८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ५२८५ र एन्टिजेन विधिबाट ८०० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

यस्तै, आज थप ६ हजार ८९८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ पुगेको छ ।

आज संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ७ हजार ४५४ पुगेको छ ।