एक उज्ज्वल नक्षत्रको अस्त,तिम्रो प्रेरणामा शायद धेरै ताराहरू उदाउनेछन 

प्रकाशित मिति:

एक उज्ज्वल नक्षत्रको अस्त,तिम्रो प्रेरणामा शायद धेरै ताराहरू उदाउनेछन
जब म मर्नेछु,
जब मेरो लासलाई घरबाट निकालिने छ
तिमीले नसोच्नु कि मैले यस संसारलाई छोडिरहेको छु
कृपया मेरो लागि आँशु नबगाऊ
न त बिलाप गरेर दु:खी भै बस
म कुनै घोर नर्कमा गएको छैन
जब मेरो लासलाई घाट तर्फ लगिनेछ
मेरो बिछोडको लागि आँशु नबगाऊ
किनकी म जाँदै छैन, म त खासमा आउँदै छु
एक अनन्त प्रेम गर्नका लागि
जब तिमीले मलाई चिहानमा गाड्नेछौ
मलाई “गूड बाइ” नभन
याद गर्नु कि चिहान त एक पर्दा मात्र हो
त्यो पर्दा पछाडि एक सुन्दर स्वर्ग छ
तिमीले त केवल म चिहानमा जल्दै गरेको देख्नेछौ
यात पुरिदै गरेको मात्र देख्ने छौ
तर म उडेर अनन्तमा पुगेको तिम्रो नजरमा देखा पर्दैन
शायद त्यसैले पनि तिमी रुन्छौ र बिलाप गर्छौ
प्रिय,आफन्तजन
जब सूर्य डुब्छ,यो सधैंको लागि डुब्दैन
जब चन्द्र अस्त हुन्छ, यो सधैंको लागि अस्त हुँदैन
हरेक अस्त पछी उदय हुन्छ तर तिमीले अस्ताएको मात्र देख्छौ
हो, मृत्‍यु पनि अन्त्य जस्तो लाग्छ, सूर्य अस्ताए जस्तो लाग्छ
तर खासमा यो बिहानीको तयारी हो, सूर्य फेरि नयाँँ बनेर उदाउनका लागि
जब चिहानले तिमीलाई बन्द गर्दछ
ठीक त्यही बेला तिम्रो आत्मालाई स्वतन्त्रता मिलेको हुन्छ ।
तिमीले कहिलै यस्तो बीऊ देखेको छौ,जुन
माटो भित्र पुरिएर नउम्रिएरै बसेको होस् ??
अनि मान्छेको पुनर्जन्ममा किन शङ्का तिमीलाई ?
सम्झ कि मान्छेको मृत्‍यु पनि माटो भित्र रोपिएको बीऊ जस्तै हो
छिट्टै ऊ पनि नयाँ जीवन लिएर आउनेछ धर्तीमा
प्रिय साथी,
कहिलै देखेका छौ?
इनारमा डुबाइएको भाडा रित्तै बाहिर आएको ?
अनि जब जीवन खस्दछ,किन रुन्छौ?
प्रतिक्षा गर, यो फेरि भरिएर बाहिर निस्किने छ ।
तारा जी