रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५० संक्रमित थपिए, ३७८ जना निको

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ८८८ जनाको कोरोना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा ९/९ जना, तिलोत्तमा नगरपालिका १३, देवदह नगरपालिकामा ५ जना, ओमसतिया गाउँपालिकामा ३ जना, सैनामैना नगरपालिका, मायादेवी गाउँपालिका, मर्चवारी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २/२ जना, कञ्चन गाउँपालिका र शुद्धोधन गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ५८१ पुगेको छ । हाल जिल्लामा १ हजार ८२० जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७८ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २४ हजार ३३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४३८ पुगेको छ ।