पत्नीसँग कुटाकुटपछि पक्राउ परेका बलिउड अभिनेता करण धरौटीमा छुटे

प्रकाशित मिति:

भारत– बलिउड अभिनेता करण मेहरा र उनकी पत्नी निशा रावलबीच केही दिनयता सम्बन्धमा समस्या आएको समाचारहरु सार्वजनिक भइरहेका थिए। तर दुबैले यसलाई अस्वीकार गर्दै आएका थिए। यसैबीच करण पक्राउ परेपछि उनीहरुबीको सम्बन्धमा ठूलै समस्या आएको देखिएको छ।करणले पत्नी निशालाई घरेलु हिँसा गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो। महाराष्ट्रको गोरेगाब प्रहरी स्टशनले करणलाई पत्नीको उजुरीपछि नियन्त्रण लिएको थियो। करणले हातपात गरेपछि पत्नी निशाले प्रहरीमा उजुरी गरेकी थिइन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार करण धरौटीमा रिहा भएका छन्।

केही दिन अघिबाट दुई जनाबीचको सम्बन्धमा समस्या आएको समाचारहरु बाहिरिएपनि निशाले त्यसलाई अस्वीकार गर्दै आएकी थिइन् र आफूहरुबीच केही नभएको दाबी गरिरहेकी थिइन्।तर उनी प्रहरी चौकी पुगिन् र पति करणलाई प्रहरीले नियन्त्रणमा लियो। करण र निशाको भेट २००८मा फिल्म ‘हँसते हँसते’को सेटमा भएको थियो। अभिनेताका साथसाथ करण फेसन ग्रेजुएट पनि हुन्। केही वर्षको डेटपछि उनीहरुले २०१२ मा विवाह गरेका थिए।

करण भारतीय टेलिभिजनमा लोकप्रिय नाम हो। उनी लामो समय टेलिभिजन शो ‘ये रिश्ता क्या कहलाता है’ मा नैति सिंघानियको मुख्यम भूमिकामा थिए।