पश्चिम नवलपरासीमा संक्रमित हुने भन्दा मुक्त हुने धेरै

प्रकाशित मिति:

प्रकाश न्यौपाने
जेठ १८
नवलपरासी । पश्चिम नवलपरासीमा संक्रमित हुने भन्दा संक्रमित मुक्त हुने धेरै भएका छन । आज मंगलबार नवलपरासीमा ६३ जना कोरोना मुक्त भएका छन भने ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणबाट १६ जना र एन्टिजेन परिक्षणबाट २० जना गरी ३६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । जस मध्ये १९ महिला र १७ पुरुष हुन् । मंगलबार बर्दघाट नगरपालिकाका मात्र २५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सुनवल नगरपालिकाका ७ जना, रामग्राम नगरपालिकाका १ जना र प्रतापपुर गाउपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार १सय ५६ पुगेको छ । थप ६३ संक्रमित निको भएका छन् । जिल्लामा हाल सम्म निको हुनेको संख्या २हजार ७ सय ९७ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा कसैको पनि कोरोना संक्रमणका कारण ज्यान गएको छैन । जिल्लामा १ हजार २ सय २७ जना संक्रिय संक्रमित रहेका छन् ।