महिलामाथि कुटपिट गर्ने प्रहरीको पहिचान, श्रीमान्‌लाई कुटेर घाइते बनाएपछि प्रहरी पुग्दाको घटना

प्रकाशित मिति:

काठमाडौं– प्रहरी कर्मचारीले एक महिलामाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन गरेर कुटपिट गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याएको छ।प्रहरीले महिला कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपनि घटना कहाँको हो र कुट्ने प्रहरी को हुन् भन्ने खुलेको थिएन। नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरका अनुसार उक्त भिडियो नुवाकोटको रहेको पाइएको छ। कुटपिट गर्ने प्रहरी हवल्दार हुन्। भिडियोसँग सम्बन्धित घटना एक साता अघिको हो।

अघिपछिका भाग काटेर प्रहरीले कुटेको भाग मात्रै सञ्जालमा हालेको प्रहरी स्रोतले जनाएको छ। घटना भने कुटाई खाने महिलाबाटै शुरु भएको पाइएको छ। प्रहरीको कुटाई खाने महिला र उनका श्रीमान् दुबै जना मदिरा सेवन गरेर मातेपछि उनीहरुबीच विवाद भएको थियो। श्रीमान(श्रीमतीको विवाद भएपछि उनले श्रीमान्‌लाई कुटपिट गरेकी थिइन्। श्रीमतीको कुटपिटबाट श्रीमान घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।स्थानीयको खबरपछि घटनास्थल गएको प्रहरीले श्रीमानलाई उद्धार गरेर अस्पताल पठाएको थियो भने श्रीमतीलाई सम्झाउन खोज्दा उल्टै प्रहरीलाई नै गाली गरेको र आवेशमा आएर प्रहरी हवल्दारले कुटेको पाइएकोु प्रहरी प्रवक्ता कुँवरले बताए।

प्रहरीको कुटाइ खाने महिला र उनका श्रीमानको घर भक्तपुर हो। उनीहरु नुवाकोटमा फर्निचरमा काम गर्दै आएका जनाइएको छ। अहिले उनीहरु दुबै जना भक्तपुर आइसकेको प्रवक्ता कुँवरले बताए।यसअघि सार्वजनिक भएको भिडियोमा प्रहरीले ती महिलालाई लठ्ठीले हानेको देखिएको थियो। तपाईंलाई हान्न सरकारले अधिकार दिएको होरुु भन्दै महिलाले कुटपिट गर्ने प्रहरीलाई प्रश्न गरेको भिडियोमा सुनिथ्यो।प्रहरीले भने हो होु भन्दै ती महिलाको पिडुँलामा लठ्ठी हानेको भिडियोमा देखिन्छ।प्रहरी प्रधान कार्यालयले भने कुटपिटमा संलग्न प्रहरी कर्मचारीलाई कारबाही गरिने बताएको छ। घटना जे भए पनि कुटपिट गर्नु गलत भएकाले कारबाही गरिन्छ, प्रहरी प्रवक्ता कुँवरले भने।