जब ठाडो घाँटी पारेर चराले गर्याे मानिसले झै कुल्ला

प्रकाशित मिति:

देशमा कोरोना संक्रमणको महामारी भयावह बनेपछि निषेधाज्ञा जारी छ । जसले सबैलाई घर भित्र थुनिएर बस्न बाध्य बनाएको छ ।

यस्तोमा घर बस्दा बस्दा हैरान हुनु भएको छ भने एउटा भिडियो हेर्नुहोस् यसले तपाईंलाई पक्कै केहि मनोरञ्जन प्रदान गर्नेछ । ट्विटरमा रहेको एउटा चराको भिडियो अहिले निकै चर्चामा छ । केवल १० सेकेण्डको यस भिडियो झट्ट हेर्दा कुल्ला (गारगल) गरे जस्तो देखिन्छ । यस भिडियो चरा टाउको मास्तिर फर्काएर मानिसले कुल्ला गरे झै कुल्ला गरेको जस्तो देखिन्छ ।

ट्विटर प्रयोगकर्तामाझ यो भिडियो निकै चर्चामा छ । उनीहरूले चराको समझदारीलाई सकारात्मक प्रतिक्रिया दिएका छन् ।