यूएईले भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री नेपाल पठाउने

प्रकाशित मिति:

दोहा-संयुक्त अरब इमिरेट्स ९यूएई० ले दोस्रो लहरको कोरोना भाइरसविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाउने भएको छ ।परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालयका अहमद बिन अली अल सायदबीच भएको भर्चुअल बैठक यूएईले चाँडै विशेष विमानमार्फत स्वास्थ्य सामग्री पठाउन लागेको जानकारी दिएको हो ।

यूएई सरकारले कोभिड(१९ बाट सङ्‌क्रमित नेपालीहरूको सहयोगका लागि १ सय ५० भेन्टिलेटरसहित अन्य अत्यावश्यक स्वास्थ्य उपकरणहरु पठाउन लागेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।उक्त बैठकमा कोभिड(१९ महामारीविरुद्ध नेपाल र यूएईबीच सहकार्य गर्नेलगायत द्विपक्षीय सहयोगका विविध पक्षहरूमा छलफल भएको थियो।मन्त्री ज्ञवालीले यूएई सरकारले नेपाललाई कठिन समयमा सदैव सहयोग गर्दै आएको स्मरण गर्दै यूएईमा रहेका नेपाली समुदायलाई उपलब्ध गराउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

युएई सरकारले गत वर्ष अप्रिलमा पनि नेपाललाई यस्तै सहयोग उपलब्ध गराएको थियो । यस्तै, नेपालमा अक्सिजनलगायत स्वास्थ्य सामग्रीको हाहाकार भएपछि सहयोग जुटाउन नेपाली दूतावास यूएई र विभिन्न संघसस्थाहरु मिलेर कोभिड १९ संयुक्त राहत संकलन समिति मार्फत सहयोग उठाइरहेका छन् ।