जीपी कोईराला फाउन्डेशन अमेरिका द्वारा बधाई एवं सम्मान

प्रकाशित मिति:

न्युयोर्क, अमेरीका – जीपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले आज आफ्नो कार्यालयमा एक विशेष कार्यक्रम गरी भर्खरै सम्पन्न एनआरएनए अमेरिका चुनावको न्युयोर्क च्याप्टरमा विजयी पदाधिकारी हरूलाई सम्मान एवं वधाई तथा शुभकामना व्यक्त कार्यक्रम सम्पन्न गरेको छ।सो कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकीका संस्थापक उपाध्यक्ष श्री मिंगमार शेर्पाको प्रमुख आतिथ्यता एवं फाउन्डेशनका अध्यक्ष श्री सोमनाथ घिमीरेको अध्यक्षतामा गरिएको हो।साथै सो कार्यक्रममा एनआरएन एनसीसीका पुर्व सल्लाहाकार श्री नेदेन दोंगाला विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।सो कार्यक्रममा न्युयोर्कवाट एनआरएनए एनसिसि वोर्ड अफ डाईरेक्टरमा विजयी दुर्गेशजंग कार्की र प्रभातराज सापकोटा पनी उपस्थित हुनुहुन्थो।कार्यक्रममा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी,कार्यसमिति सदस्यद्वय सुर्य सिंखडा र ध्रुव कुँवरक्षेत्री उपस्थित हुनुहुन्थो।

न्युयोर्क च्याप्टरवाट विजयी टीमलाई लाई प्रमुख अतिथि मिंगमार शेर्पाले अविर र खादा लगाई सम्मान गर्नुभयो।सो कार्यक्रममा जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टर का अध्यक्ष सोमनाथ घिमीरेले वहाँहरूलाई बधाई दिँदै कार्यालयमा स्वागत गर्नपाउँदा खुशी लागेको र फाउन्डेशन सदा वहाँहरूको साथमा हातेमालो गर्दै आगामी दिनहरूमा नेपाली समुदायको हर दुख शुखमा साथ दिन तत्पर रहेको, आवश्यक पर्दा अमेरिकाका उच्च राजनैतिक नेतृत्वसँग लविगं र समन्वय गरी सृजनात्मक काम गर्न आफुले यो टीमलाई सहयोग गरीरहने दृढता व्यक्त गर्नुभयो।यसैगरी उपाध्यक्ष सुवर्ण लामाले सबैमा बधाई दिँदै कार्यसफलताका निम्ती आफुले सधैं साथ दिने प्रतिबद्दता व्यक्त गर्नुभयो ।फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले गिरीजावावुले भनेझैं सहमति, सहकार्य र एकता नै आजको आवश्यकता हो र यो टीमले केन्द्रदेखी च्याप्टरसम्म समन्वय गरी अशल काम गरी देखाउन शुभकामना दिनुभयो।त्यसैगरी कार्यसमिति सदस्य सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्रीले बहाँहरूलाई बधाई दिँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।वोर्ड अफ डाईरेक्टरमा विजयी दुर्गेशजंग कार्कीले अब नॅंया विचारका साथ संस्थालाई हाम्रो र राम्रो नेपालीहरुको हक हितका लागी कार्ययोजनाहरु तय गरी काम गर्न जरुरी छ भन्नु भयो भने अर्का र्वोर्ड अफ डाईरेक्टरमा विजयी प्रभातराज सापकोटाले संस्थालाई अझै उचाईमा पुराउन हामी सबैको जिम्मेवारी हो र यसका लागी सबै एकजुट भएर हातेमालो गर्दै अगी बड्नु पर्छ भ्भनु भयो।

उपस्थित सम्पूर्ण विजेताहरूले आफ्नो परिचय दिँदै छोटकरीमा मन्तव्य राख्नु भएको थियो।सो अवसरमा अध्यक्ष पदमा निर्वाचित आंग छिरिंग शेर्पाले आज आफु अत्यन्त उत्साहित भएको र आगामी दिनमा ठोस कार्ययोजना ल्याई न्युयोर्कमा ठोसरूपमा परीवर्तन गरीछाडने र सोका लागी फाउन्डेशनको विशेष साथ र सहयोगको अपेक्षा गरेको धारणा व्यक्त गर्नुकासाथै एक जुझारू टीमलाई कुशलतापुर्वक हाँक्न आफु तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।सो कार्यक्रमका विशेष अतिथि नेदेन डोंगलाले टीमलाई बधाई दिँदै यो टीम अत्यन्त समावेशी र जुझारू भएको र आफुले सदा साथ र सहयोग दिने धारणा राख्नुभयो।त्यसैगरी प्रमुख अतिथि मिंगमार शेर्पाले बधाई दिँदै तपाईंहरूसँग अवसर र चुनौती दुवै भएको र राम्रो काम गरी नमुना बनी देखाउन सुझाव दिँदै आफु सधैं साथमा रहने दृढता व्यक्त गर्नुभयो।विजयी पदाधिकारी एवं टीमको नामावली यसप्रकार रहेको छ।
अध्यक्ष-आंग छिरिंग शेर्पा
उपाध्यक्ष-शोभाकान्त पाण्डे
सचिव-दन्डपाणी लामीछाने(वाशु)
सहसचिव- वावुराजा सिंह
कोषाध्यक्ष-आशिष सापकोटा
महिला संयोजक-लक्ष्मी थापा
युवा संयोजक-अनुप वानिँया
वोर्ड सदस्यहरु-पवित्रा धिमाल
-राजन वन्जरा
– प्रदिप खड्का क्षेत्री
– संगीता कोईराला
-देवेन्द्र लामा
-छिरिंग शेर्पा
एनआरएनए एनसिसि अमेरिकाका नॅंया निर्वाचित अध्यक्ष बुध्दि सागर सुवेदी, महासचिव अन्जन कुमार चौंलागाई लगायत सबै निर्वाचित पदाधिकारीहरुलाई फाउण्जेशनले हार्दिक बधाई दिदै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछ।