गैडहवामा तरकारी उत्पादन वृद्धि हुंदै

प्रकाशित मिति:

रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकामा कृषकहरुले समुहगत रुपमा तरकारी खेती गर्न थालेपछि उत्पादनमा बृद्धि हुन थालेको छ । समुहमा मिलेर तरकारी खेती सुरु गरेपछि तरकारी उत्पादनमा दोब्बर बृद्धि भएको कृषकहरुले बताएका छन । .
पहिले एकल रुपमा तरकारी खेती गर्दै आएका गैडहवा गाउँपालिका वडा नं. ७ किा कसानहरुले अहिले भने समुहगत रुपमा तरकारी खेती गर्दै आएका छन । १७ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आउनु भएका कृषक चन्द्रजित केबटले समुहगत रुपमा तरकारी खेती गर्दा उत्पादनमा बृद्धि भएको बताउँनु भयो ।
बलुहवा तरकारी उत्पादन पकेट केन्द्रमा अहिले २१ किसानहरुले तरकारी खेती गर्दै आएका छन । मौषम अनुसारको तरकारी उत्पादन गर्दै आउँनु भएका केबटको खेतमा अहिले गोलभेडा, आलु, बोडि, बन्दागोपी , काउली लगाउनु भएको छ । समुहगत रुपमा खेती गर्दा अनुदान पाईने र किसानहरुलाई तालिम प्रदान गरिने भएकाले तरकारी उत्पादनमा बृद्धि भएको बलुहवा तरीकारी उत्पादन पकेट केन्द्रका अध्यक्ष बिनोद केबटले बताउनु भएको छ ।  युवा लाभान्वित लक्षित कार्यक्रमबाट पकेट क्षेत्रलाई अनुदानमा बिउ विजन, बोरिङ्ग आउँदा किसानहरु लाभान्वित भएको उँहाले बताउँनु भएको छ । आफ्नो पकेट क्षेत्रमा अहिले गाउँपालिकाबाट २ वटा बोरिङ्ग अनुदानमा आएको केबटले जानकारी दिनु भयो । बोरिङ्गले गर्दा सिचाईमा सुविधा मिलेको छ उँहाले भन्नुभयो पहिले किसाहरुले कञ्चन नदीबाट पानी ल्याएर खेती गर्नु पर्ने समस्या थियो तर अहिले बोरिङ्ग सञ्चालनमा ल्याएपछि सिचाईमा सुविधा भएको बताउँनु भयो । पकेट क्षेत्रलाई अनुदान आउँने भएपछि उत्पादनमा बृद्धि हुँदा किसानहरुको आम्दानी समेत बढेको छ । समुहगत रुपमा ब्यवसायी खेती गर्दै आएका किसानहरुलाई गाउँपालिकाले अनुदान दिँदै आएको गैडवहा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केबटले जानकारी दिनु भयो । गैडहवा गाउँपालिका वडा नं. ७ तरकारी खेतीको अब बन्दै गएको अध्यक्ष केबटले दाबी गर्नु भयो । यँहा उत्पादन हुने तरकारी बुटवल, सैनामैना, सूर्यपुराका बजारमा जाने गरेको छ ।