कोरोना भाइरसको महामारीका कारण कोपा अमेरिका फुटबल अर्जेन्टिनामा नहुने

प्रकाशित मिति:

कोरोना भाइरसको महामारीका कारण कोपा अमेरिका फुटबल अर्जेन्टिनामा नहुने भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय ९कन्मेबोल० ले सोमबार कोपा अमेरिका अर्जेन्टिनामा नगरिने जनाएको छ । कोरोनाको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनाबाट स्थगित गरिएको छ । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । अर्जेन्टिनामा प्रतियोगिता नहुने भएपछि अन्य राष्ट्रसँग छलफल भइरहेको जनाइएको छ ।