बिरामी हुनुहुन्छ २४ घण्टा फोन गर्नुस् तपाईंकै घरमा गाडी लिएर आउछन् खनाल

प्रकाशित मिति:

प्रकाश अधिकारी, दमौली। कोभिड-१९ ले गर्दा निषेधाज्ञा भएको पनि एक महिना पूरा भयो। मानिसहरू पहिलो लहरमा जस्तो आवातजावत छैन। अहिले मानिसहरू आफै सजक र होसियार भएर जानैपर्ने काममा भन्दा अनावश्यक रूपमा हिडडुल कमै गरेका छन्। देशव्यापी रूपमा सरकारले पिसिआर परिक्षण तिव्र गतिले बढाएको छ। दैनिक रूपमा कोभिड-१९ को सिकार ६ देखि १० हजारसम्म घटबढ भइरहेको छ। यो एक महिनाको अवधिमा ज्यान गुमाउने संख्या दैनिक ६० देखि २५० सम्म निरन्तर भइरहेको छ। मानिस आक्रान्त छन् उपचार नपाएर र अक्सिजन नपाएर पनि सयौंले ज्यान गुमाउनु परेको अवस्था छ।

यो विकराल अवस्थामा मानवता मानिस संग कमै हुन्छ। जोकोही भएपनि पहिलो प्राथमिकता आफू बाच्ने नै हो। यस्तो अवस्थामा कोभिड-१९ को बिरामी बाहेक अन्य बिरामी निकै अप्ठ्यारोमा परेको अवस्थामा व्यास नगर जेसिसले सञ्चालन गरेको निशुल्क एम्बुलेन्स सेवा निकै प्रभावकारी बनेको छ। जेसिआइ व्यास नगरका अध्यक्ष लक्ष्मी भक्त खनाल बिरामीको फोन आउनसाथ व्यास नगरपालिका भित्र गाडी लिएर घरबाट अस्पताल हो कि अस्पतालबाट घर पुर्याउन पर्ने हो २४ घण्टा खटिएर सेवा गरिरहेका छन्।कोभिड-१९ का बिरामी होइन भनेपनि परिक्षण नगर्दा बिरामी स्वयम भाइरसको सिकार भइसकेका पनि हुन सक्छन् तर आफैले गाडिमा राखेर सुत्केरी महिला होस् अन्य बिरामी खनालले आफ्नो ज्यानको जोखिम मोलेर सेवा गरिरहेका छन्।

सरकारले यो अस्तव्यस्त अवस्थामा गरिब जनता देखि जटिल अवस्थाका विरामीलाई अस्पताल जान नपाएर छटपटाउदै बस्न परेको अवस्थामा सरकारले केही गर्ने सकेको छैन।चार दिन अगाडि देखि संचालन गरेको यो निशुल्क एम्बुलेन्स सेवाबाट २५ जनाले सेवा पाइसकेका छन्।अहिलेसम्म ७ जना गम्भीर बिरामी र १८ जना सामान्य बिरामी भएकाले सेवा लिइसकेका छन्। जेसिआइ व्यास नगर अध्यक्ष खनाल मानव सेवामा लाग्न पाउँदा निकै आनन्द मिलेको बताउँछन्। उनी नेविसंघका पूर्व सहमहामन्त्री र नेपाली कांग्रेस तनहुँका आमन्त्रित जिल्ला सदस्य समेत हुन्। पहिलो लहर पनि उनले आफ्नै सक्रियतामा करिब ३०० विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका थिए।  (व्यास नगरपालिका भित्र बिरामी भएर अस्पताल जान पाउनु भएको छैन भने सम्पर्क गर्नुस्। लक्ष्मी भक्त खनाल- ९८५६०६०४५६)