नौ महिनाको गर्भसँगै कोभिड विरुद्ध खटिएकी यी नर्स जसले बच्चा जन्माएर आफू अस्ताइन्

प्रकाशित मिति:

कोरोना महामारीले विश्व आक्रान्त छ । दिनमै हजारौं जनाले ज्यान गुमाइरहेका छन् । कोरोना नियन्त्रणको अग्रभागमा खटिने जनशक्ति ज्यानको बाजी लगाएर लडिरहेकाछन् । भारतको छत्तिसगढ स्थित कबिरधाम जिल्लामा एक गर्भवती नर्स जसले अन्तिम समयसम्म सेवामा खटिँदा खटिँदै बच्चाको जन्म दिएर आफू कोरोनाको कारण ज्यान गमाएकी छिन् ।

उनी आफ्नौ नौ महिनाको गर्भ सहित विरामीको सेवामा खटिइरहेकी थिइन् । प्रभा नामकी उनी स्थानीय एक प्राथमिक स्वास्थ्य केन्द्रको कोभिड वार्डका काम गर्दै आएकी थिइन् । हस्पिटल नजिक कोठमा बसेर हस्पिट आउने जाने गर्ने उनलाई प्रसव पीडा भएसँगै अस्पतालमा भर्ना गरियो । अपरेशन गरेर एक छोरी जन्माइन् । अप्रिल ३० मा बच्चाको जन्म दिएकी उनका जटिल कोरोना संक्रमण देखिएसँगै अस्पतालमा उपचार गर्दागर्दै गत मे २१ म ज्यान गुमाइन् । एजेन्सी