एकता जोगाउन एमालेका दोस्रो तहका नेताहरु सक्रिय, पोखरेल र भट्टराईबीच छलफल

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरु पार्टी एकता जोगाउन छलफलमा जुटिरहेका छन् । यसैबीच उपप्रधानमन्त्री ईश्वर पोखरेल र सचिव योगेश भट्टराईबीच छलफल भएको छ।

आज दिउँसो उनीहरुले उपप्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा एक घण्टा छलफल गरेका हुन् । छलफलमा पार्टी एकतालाई कसरी जोगाउने भन्ने विषयमा केन्द्रित रहेको बताइएको छ।

केपी शर्मा ओली पक्षले माधवकुमार नेपाल पक्षका ११ जना नेताहरुलाई पार्टीबाट निष्कासन गरिसकेको छ । थप १२ जनालाई पनि निष्कासन गर्नका लागि तयारी भइरहेको छ । तर एकताका लागि वार्ता जारी रहेका बेला स्थायी कमिटी बैठक पनि स्थगित भएको छ ।