निर्वाचन आयोगले महन्थ र उपेन्द्रको पत्रलाई दिएन मान्यता

प्रकाशित मिति:

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै अध्यक्षले एक अर्कोलाई गरेको कारवाहीलाई मान्यता नदिई आधिकारिकता पुष्टि हुने कागजात मागेको छ । बुधबार कारवाहीको आधार स्पष्ट नभएको भन्दै आयोगले दुबै पक्षसँग राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचामा विवरण माग गरेको हो ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासन गर्दै कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए । दुबै पक्षले दलको दर्ता कितावमा रहेको विवरण सच्याउन पनि आग्रह गरेका थिए ।

दुबै पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा विवरण पुरा गरेर फेरि निवेदन दिन भनेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

अनुसूची १८ को निवेदन :-