निर्वाचन आयोगद्वारा जसपाका दुवैपक्षको दाबी फिर्ता, कारवाही पत्रको ढाँचा सच्याउन आग्रह

प्रकाशित मिति:

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै अध्यक्षले पठाएको कारवाही सम्बन्धी पत्रको रित नपुगेको भन्दै फिर्ता पठाएको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठलेले केन्द्रबिन्दुलाई दिएको जानकारी अनुसार दुबै पक्षलाई राजनीतिक दल दर्ता सम्बन्धी उप नियमावलीको अनुसूची १८ को ढाँचा अनुसार पत्र पठाउन जसपाका दुबै अध्यक्षलाई पत्राचार गरिएको छ।यस्तै उनले अध्यक्ष महन्थ ठाकुरलाई अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको केन्द्रीय समितिले निष्कासन गरेको निर्णयको हस्ताक्षरसहितको पत्र पठाउन पत्राचार गरिएको जनाए।

दुवै अध्यक्षले मंगलबार एक अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेका थिए। पार्टीबाट निष्कासन गर्दै कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए ।