सेयरबजारमा हरियाली, ११ अर्बको किनबेच, ३९ खर्ब नाघ्याे बजार पुँजीकरण

प्रकाशित मिति:

सेयरबजारमा आज फेरि हरियाली छाएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज बजारमा ११ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएको हो।बजार परिसूचक नेप्से ५५.७६ अंकले र सेन्सिटिभ सूचक ७.८३ अंकले उकालो लागेको दिन २ करोड २६ लाख कित्ता सेयर बिक्री भएका छन्।

आजको कारोबारमा २ सय १९ कम्पनी सामेल भएका छन्। आज कुल १ लाख १४ हजार पटक सेयर खरिदबिक्री भएको छ।योसँगै कुल बजार पुँजीकरण ३९ खर्ब रुपैयाँ नाघेको छ भने बजारमा तरलता १३ खर्ब ६१ करोड पुगेको छ।आज कुल १३ मध्ये म्युचुअल फन्डको सूचक मात्रै घटेको छ। निर्जीवन बीमा, जीवन बीमा र विकास बैंकको सूचक उच्च अंकले हरियो भएका छन्।

आज दर्जन बढी कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। लगानीकर्ताले आज ७.२३ प्रतिशतसम्म गुमाएका छन्।सर्वाधिक कारोबारमा पुनर्बीमा कम्पनी अगाडि छ। उसको मात्रै एक अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको छ।