पक्राउ परेका पत्रकार चन्दबारे प्रवक्ता प्रकाण्डले मुख खोले,१७ हजार शहिदको रगतको अवमूल्यन गर्ने प्रचण्डलाई प्रश्न गर्न पाईदैन ?

काठमाडौ

प्रकाशित मिति:

काठमाडौ, १२ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले क्रान्तिकारी पत्रकारहरुलाई जनपक्षीय कलमको माध्यमबाट जनताको सेवा गर्न आह्वान गर्नुभएको छ । नेपाल नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिद्वारा काठमाडौंमा आयोजना गरिएको ३ दिने पत्रकारिता तालिमको आज समापन कार्यक्रममा बोल्दै उहाँले देश र जनपक्षीय मुद्दा उठाउनका लागि क्रान्तिकारी पत्रकारहरुले बोकेको कलम बन्दुक भन्दा बलियो बनाउन आग्रह गर्नुभयो । कतिपय मिडियाले राज्यका निकायले गरिरहेका भ्रष्टाचार, अन्याय र गलत कार्यको समेत बचाउ गरिरहेको भन्दै क्रान्तिकारी पत्रकारहरु त्यसका विरुद्धमा ठूलाठूला अक्षरमा खुलेर लेख्न र आवाज विहिनहरुको आवाजको भुमिका खेल्नुपर्ने बताउनुभयो । देश अहिले ठूलो संकटमा रहेको भन्दै सही ढंगले देशको प्रतिनिधित्व गर्ने पार्टीको खाँचो औल्याउनुभयो । उहाँले भन्नुभयो पटकपटक जनताका नाममा आन्दोलन भए, तर सम्झौतामा टुङ्गीए, जनतालाई सडकमा छोडे नेताहरु सत्तामा गए तर रोग निको पार्ने ठाउँमा ट्रान्सफर मात्र नेताहरु बने ।’

त्यसकारण देशलाई निको पार्न राजनीतिक डाक्टरको आवश्यकता परेकाले त्यो जिम्मेवारी निर्वाह गर्न आफूहरुको पार्टी सबै हिसाबले तयार रहेको बताउनुभयोे भन्दै जनताको काँधमा आएको स्पष्ट पार्नुभयो । देशको जिम्मा कसैले नलिने हो भने भयानक भुमरीमा फस्ने खतरा औल्याउदै प्रकाण्डले विकल्पको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टीबाट जनताले फेरि पनि ठूलो अपेक्षा गरेको र आफूहरुको काँधमा आएको त्यो दायित्व पूरा गर्न पत्रकारहरुलाई पनि आग्रह गर्नुभयो ।

श्रमजीवि जनता र न्यायका पक्षमा जस्तोसुकै अवस्थामा पनि कलम चलाउन र जनताको सपना साकार पार्न अहम भूमिका खेल्ने दायित्व बढेको बताउनुभयो । प्रवक्ता प्रकाण्डले प्रकाउ परेका पत्रकार गोपाल चन्दलाई राज्यले तत्काल नछाडे ठुलो मुल्य चुकाउनु पर्ने बताए । प्रकाण्डले प्रचण्डले १७ हजारको शहिदको रगतको अवमूल्यन गर्न हुने उनको बिषयमा समाचार लेख्दा हिरासत बस्नु पर्ने यो कस्तो गणतन्त्र हो प्रवक्ता प्रकाण्डको प्रश्न थियोे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य अनिल शर्मा विरहीले अहिलेको युगमा सञ्चारको भूमिका झन् बढेको बताउनुभयो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका करिब ६० जना सहभागी रहेको तालिम सोमबारदेखि सुरु भएर आज बुधबार समापन गरिएको हो । तालिममा सहभागी प्रशिक्षार्थी सबैलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा स्थायी कमिटि सदस्य तथा प्रवक्ता प्रकाण्डले टिका लगाएर प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने प्रशिक्षकहरुलाई मायाको चिनो समेत दिईएको थियो । कार्यक्रम क्रान्तिकारी पत्रकार सँगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव हिम बिष्ट र स्वागत सचिव सिर्जना तिमिल्सिनाले गर्नुभएको थियो ।

© Sabal Post. 2018 All rights reserved. | Technology Partner: LgmNepal