माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

प्रकाशित मिति:

काठमाडौं-नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

भर्चुअल माध्यमबाट बिहीबार यो समूहको बैठक बस्न लागेको हो। केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्न लागेको जानकारी दिए। ‘पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी विवादलगायतका विषयमा नै केन्द्रीय कमिटीको बैठकमा छलफल हुन लागेको हो’, उनले भने।

पार्टीको संस्थापन पक्षका नेताहरु र आफ्नै समूहका चार जना दोस्रो तहका नेताहरुबीचको अनौपचारिक छलफल अघि बढिरहेका बेला नेपाल खनाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको हो।

बैठकमा अनौपचारिक वार्तामा भइरहेका प्रगति र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।