शान्ति समाजले मनायो कोरोनाका विरामी तथा स्वास्थ्यकर्मीसँग स्थापना दिवस

प्रकाशित मिति:

बुटवल । मानवअधिकार तथा शान्ति समाजको २६ औं स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । समाजले रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत  कोभिड संक्रमित बिरामिहरु तथा स्वास्थ्यकर्मीहरु गरि १५५ जनालाई खाजा खुबाएको छ । यस्तै समाजले सृजनसिल समाजद्वारा संचालित बालगृहका बालबालिकालाई खाद्यान्न गरि २७,००० बराबरको सहयोग गरेको छ ।

कार्यक्रममा केन्द्रीय सभापति गोबिन्द खनाल, सचिव मिना ढकाल, रुपन्देहीका सभापति  डिपी खनाल, सचिव कपिल ज्ञवाली, सहसचिव कृष्ण पाण्डे, पूर्व सभापति हरिस ढकाल, अभियान्ता रिता केसी लगाएतको सहभागिता रहेको थियो ।