नेविसंघ स्याङ्जा काठमाण्डौं सम्पर्क समिति द्धारा सहयोग

प्रकाशित मिति:

ने.वि.संघ स्याङ्जा काठमाण्डौं सम्पर्क समिति द्दारा वालिङ-११ मा क्यारमबोर्ड, कापी-कलम हरू, मास्क, सेनिटाईजर र अक्सिमिटर वितरण गरिएको छ । वालिङ्-११ पेखु स्थित गणेशमान स्मृति प्राथमिक विधालय लाई ४ थान क्यारमबोर्ड, दर्जनौं कापी-कलमहरू सहित मास्क र सेनिटाईजर, पेखु कै नगर स्वास्थ्य केन्द्र लाई १ थान अक्सिमिटर, मास्क, सेनिटाईजर र वालिङ्-११, धनपुर,टापु स्थित स्वेक स्वास्थ्य चौकी लाई २ थान अक्सिमिटर, मास्क र सेनिटाईजर वितरण गरेको छ।

साथै १२ घर मा साबुन र मास्क पनि वितरण गरेको छ। सरकार जनता भन्दा पनि सत्ता जोगाउन व्यस्त रहेको बेला आफुले सानै भएपनि सहयोग गर्न पाउँदा त्यसले कसैको जिवन रक्षा मा केही सहयोग हुन्छ कि भन्ने आशा र विश्वासका साथ सहयोग गरेको समिति का सभापति ई. दिपेन्द्र क्षेत्री ले भन्नुभयो र सरकार लाई जनता को जिवन प्रति संवेदनशील हुन आग्रह समेत ई. क्षेत्री ले गर्नुभयो। उहाँ ले गणेशमान स्कुल लाई हस्तान्त्रण गरेको ४ थान क्यारमबोर्ड, कापी र कलमहरू काठमाण्डौं-१४ नं वडा, कलंकी निवासी नेपाली कांग्रेसका युवा नेता महेश रायमाझी द्दारा सहयोग गरिएको जानकारी दिदैं उहाँ प्रति विधालय व्यवस्थापन समिति र सम्पर्क समिति हार्दिक आभारी र कृतज्ञता रहेको बताउनुभयो। विधालय व्यवस्थापन समिति का अध्यक्ष तारक ब.थापा(कृष्ण) ले ने.वि.संघ स्याङ्जा-काठमाण्डौं सम्पर्क समिति ले यस्तो विषम परिस्थिति मा पनि अग्रसर रहेर जनता प्रति उत्तरदायित्व हुदैं यस्ता सामाजिक कार्य मा लागेको देख्दा खुलेर प्रशंसा गर्न मन लागेको बताउनु भयो र ई. क्षेत्री ले आउने दिनमा पनि समिति ले अझै सशक्त रुपमा समाजसेवा मा लाग्ने प्रतिबद्द रहेको भन्दै आफ्नो कार्यसमिति र यो अभियानमा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरू मा हार्दिक सम्मान का साथ धन्यवाद प्रकट गर्नुभएको थियो।

उक्त वितरण कार्यक्रम मा वालिङ्-११ नेपाली कांग्रेस पार्टि सचिव सुरेश अर्याल, वालिङ्-११ तरूण दल सभापति नरेन्द्र पराजुली, त्रिनेन्त्र क्लब, सुर्कौदीं का अध्यक्ष विशाल पंगेनी, युवा समाजसेवी लक्ष्मण विश्वकर्मा(जिदान), तरूण नेता विश्वास पंगेनी लगायतको उपस्थिति रहेको थियो ।। सम्पर्क समिति ले गणतन्त्र दिवसको दिनमा पनि विभिन्न संघ संस्थाहरू, अस्पतालहरू लाई मास्क, सेनिटाईजर र अक्सिमिटर वितरण गरेको थियो ।।