अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ११२ जनाले कोरोना जिते

प्रकाशित मिति:

बुटवल । अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ११२ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न पालिकाहरुमा गरि ११२ जनाले कोरोना जितेका हुन् ।

अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना जित्नेहरुमा सन्धिखर्क नगरपालिकाका ४५ जना, भुमिकास्थान नगरपालिकाका २३ जना, शितगंगा नगरपालिका ३ जना, मालारानी गाउँपालिकाका १६ जना, पाणिनी गाउँपालिकाका ८ जना र छत्रदेव गाउँपालिकाका १७ जना रहेका छन् । यो सँगै जिल्लामा कोरोना जित्नेको संख्या १६७३ पुगेको छ ।

यस्तै, अर्घाखाँचीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा ७ जना, भुमिकास्थान नगरपालिकामा १ जना, शितगंगा नगरपालिकामा ८ जना, मालारानी र पाणिनी गाउँपालिकामा २ २ जना संक्रमित थपिएको खनालले जानकारी दिए ।

यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या २,०९८ पुगेको छ । हाल ३७१ जना उपचाररत छन् ।

यस्तै, अर्घाखाँचीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा कुनैपनि संक्रमितको मृत्यु भएको छैन् ।