रुपन्देहीमा थप १०३ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ४८१ जनाको कोरोना परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा २१, सिद्धार्थनगर नगरपालिकामा १४ जना, तिलोत्तमा नगरपालिका २२, देवदह नगरपालिकामा १९ जना, सैनामैना नगरपालिकामा ८ जना, गैडहवा, मर्चवारी, कञ्चन र शुद्धोधनमा १/१ जना, मायादेवी र ओमसतियामा ३/३ जना, लुम्बिनी सांस्कृतिकमा ४ जना, सम्मरीमाईमा २ र कोटहीमाईमा ५ जना संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ७३३ पुगेको छ । हाल जिल्लामा १ हजार ८०७ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५३ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २४ हजार ४८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४४२ पुगेको छ ।