फ्रान्स र इंग्ल्यान्ड विजयी

प्रकाशित मिति:

काठमाडौँ । विश्वविजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सहज जित हात पारेको छ । गएराति भएको खेलमा फ्रान्सले १० खेलाडीमा समेटिएको वेल्सलाई ३–० ले पराजित गरेको हो ।

खेलको २६औं मिनेटमा निको विलियम्सले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । त्यसपछि पाएको पेनाल्टीमा लामो समयपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेका करिम बेन्जेमाले अवसर पाएका थिए । तर, उनी गोल गर्न चुक्दा फ्रान्स अग्रता लिन असफल भयो ।

३५औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट फ्रान्सले सुरुवाती अग्रता लियो । ४७औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । ७९औं मिनेटमा सब्सिच्युट ओसुमान डेम्वेलेले गोल गर्दै फ्रान्सलाई ३-०को जित पक्का गरे ।

यस्तै, अर्को मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले अष्ट्रियालाई १-०ले पराजित गरेको छ । हाल युरोकप फुटबलको तयारीका लागि अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल भैरहेका छन् ।