चापाकोट नगरपालिका २५ गते सम्म वन्द रहने , ९ जना कर्मचारीमा कोरोना

प्रकाशित मिति:

सविन डोटेल -चापाकोट २० जेठ । नेपालमा फैलदो कोरोना भाईरसका कारण चापाकोट नगरपनी अछुतो रहन सकेको छैन ।उच्च सर्तकता उपनाउदा अपनाउदै पनी सक्रमण वढीरहेको छ चापाकोट नगरपालीकामा नगरपालीकाका ९ जना कर्मचारीमा संक्रमण देखीएपछी २५ गतेसम्मलाई स्वास्थ्य सेवा वाहेक सम्पुर्ण सेवा वन्द गर्ने भएको छ ।

नगरपालिकामा कार्यरत कर्मचारीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ९ जनामा कर्मचारी पुष्टिपछि नगरपालिकाको स्वास्थ्य सेवा बाहेकका सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको हो , नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरीले एक विज्ञप्ति जारी गर्दै २५ गतेसम्म स्वास्थ्य सेवा बाहेका सम्पुर्ण सेवा बन्द गर्ने निर्णय गरेको जानकारी गराउनु भएको छ