नेपाल पक्षीय १७ जनसंगठनको चेतावनी – ओली जेठ २ मा नफर्किए अलग पार्टी बनाउँछौँ

प्रकाशित मिति:

काठमाडौं ।  नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय १७ वटा भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने सामूहिक घोषणा गरेका छन् ।

बिहीबार संयुक्त वक्तव्य जारी गर्दै अध्यक्ष केपी शर्मा ओलीसँग फागुन २८ यता गरिएका निर्णय सच्याउन पनि माग गरेका छन् ।

‘पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र पार्टी विधानको विपरीत बनेको अवैध कमिटी र अध्यक्षले गरेको यो कारबाही आफैंमा अर्थहीन छ । यस प्रकारको स्वेच्छाचारी निर्णयको हामी भर्त्सना गर्दछौं । तत्काल फिर्ता लिन माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । यदी पार्टीलाई २ जेठ २०७५ अगाडिको अवस्थामा नल्याइए अलग पार्टी बनाउने चेतावनी पनि दिइएको छ ।