बुटवल । रुपन्देहीमा कोरोना संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ । भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत चिकित्सक डा. पशुपति रजौरियाको संक्रमणबाट काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको हो ।
धेरै संक्रमितको ज्यान बचाएका डा. रजौरियाको ३५ वर्षको उमेरमा कोभिडले मृत्यु भएको शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख सुशील गुरुङले बताए ।
केही समय अघि विवाह गरेका श्रीमान-श्रीमती नै कोभिडसंगै लडिरहेका थिए । उनीहरु दुवै जना भैरहवाको सोही अस्पतालमा कार्यरत थिए । श्रीमती डा. हसिना वानुले भने कोभिड परास्त गरिन् । श्रीमती वानु प्रसूति तथा स्त्री रोग विशषज्ञ हुन् ।