नेपालमा थप ६८२५ जनामा कोरोना संक्रमण, ५९०४ जना डिस्चार्ज

प्रकाशित मिति:

बुटवल । नेपालमा थप ६८२५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ५८२५ र एन्टिजेन विधिबाट १००० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ७६  हजार ९३६ पुगेको छ ।

यस्तै, आज थप ५ हजार ९०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४ सय  ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्युहुनेको संख्या ७ हजार ६३० पुगेको छ ।