समुदायिक अस्पताललाई नगर स्तरीय संजालद्वारा २४ थान अक्सिजन सिलिण्डर सहयोग !

प्रकाशित मिति:

कपिलबस्तु २० जेष्ठ। कपिलबस्तु समुदायिक अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि अक्सिजन अभाव हुन नदिन बाणगंगा नगरपालिकामा सक्रिय रहेका विभिन्न सामाजिक संघ–संस्थाहरुले अक्सिजन सिलिन्डर सहयोग गरिरहेका छन् । जिल्लामा विभिन्न सामाजिक काम गरिरहेका व्यवसायिक संस्था, कपिलबस्तु उद्योग बाणिज्य संघ, सिद्धार्थ सामाजिक विकास केन्द्र, बाणगंगा यातायात व्यवसायी संघ, समुदायि वन महासंघ बाणगंगा, कपिलबस्तु जेसीस बाणगंगा, कपिलबस्तु लायन्स क्लब, कपिलबस्तुु नागरिक समाज, सिद्धार्थनगर विकास समिति, बाणगंगा रेडक्रस सोसाइटी, वेलफेयर सोसाइटी, पत्रकार महासंघ कपिलबस्तु, युनाइटेट अस्पताल, रोटरी ब्लब अफ मिड टाउन, बाणगंगा, उपभोक्त हित संरक्षण मंञ्च लगायतले अस्पतालमा अक्सिजन अभाव हुन नदिन महत्वपूर्ण भूमिका खेलेको कपिलबस्तु समुदायिक अस्पतालका कार्यवहक अध्यक्ष राम प्रसाद अर्यालले बताए ।  रुपान्तरणका लागि सहकार्य नगरपालिका स्तरीय संस्थाहरुको  संजालका अध्यक्ष एवं  कपिलबस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले आफूहरुले कोही पनि विरामी अक्सिजनको अभावले मृत्यु हुन नपरोस् भन्ने उद्देश्यले नै सहयोगी संघ संस्थाहरुको सहकार्य गर्दै २४ वटा अक्सिजन संकलन गर्न सकेको र कपिलबस्तु समुदायिक अस्पताललाई सहयोग समेत गरेको बताए ।


उनले नगर स्तरीय संस्थाहरुको संजाललाई स्व. विष्णु पौडेलको स्मृृतिमा समाजसेवी अमित पौडेलले ७ वटा, मायादेवि साभेदारी वन उपभोक्त समितिले ४ वटा, सिद्धार्थ सामाजिक विकास केन्द्र ४ वटा,  खोजिपुर सामुदायिक वन उपभोक्त समितिले २ वटा, मधुवन सामुदायिक वन उपभोक्त समिति १ वटा, सिनर्जी वचत तथा ऋण सहकारी १ वटा, मधौलिया सामुदायिक वन उपाभेक्त समितिले १ वटा, राजापानी सामुदायिक वन उपभोक्त समितिले १ वटा, नेपाल किसान टेक्टर समिति १ वटा,  मायादेवि साझेदारी वन उपभोक्त समिति १ वटा, सिद्धिपुर सामाजिक महिला विकास संस्था १ वटा सहयोग गरेको बताए ।


अध्यक्ष घिमिरेले कुनै पनि कोरोना संक्रमितहरुको उपचारमा लागि अक्सिजन अभाव नहोस् भन्ने उद्देश्यले उक्त अक्सिजन सिलिन्डर एक कार्यक्रमका बीच विहिबार कपिलबस्तु समुदायिक हस्पतालमा प्रदेश सभा सदस्य विमला घिमिरे र बाणगंगा नगरपालिका नगर प्रमुख मंगल प्रसाद थारुको हातबाट अस्पताललाई  हस्तान्तरण गरेको जनकारी गराए ।
अस्पताललाई सिलिन्डर सहयोग हस्तन्तरण कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला घिमिरे, बाणगंगा नगरपालिका नगर प्रमुख मंगल प्रसाद थारु, बाणगंगा नगरपालिका वडा ४ वडा अध्यक्ष गणेश क्षेत्री, सिद्धार्थ समुदायिक विकास केन्द्रका पूर्व अध्यक्ष तेज अर्याल, समाजसेवी अमित पौडेल, खोजीपुर समुदायिक वन उपभोक्त समितिका अध्यक्ष दिपक थापा, कपिलबस्तु समुदायिक अस्पतालका कार्यवहक अध्यक्ष राम प्रसाद अर्याल, कपिलबस्तु समुदायिक अस्पतालका महासचिव पोम नारायण पौडेल, अस्पतालका प्रशासकिय अधिकृत चन्द्रकन्त पोख्रेल लगायतले नगर भित्र गुणस्तरीय उपचार सेवाको लागि अ–आफ्नो ठाउँबाट सबैको सहयोग र सहकार्य हुन जारुरी रहेको बताए । त्यस्तै राष्ट्रिय सभा सदस्य विमाल घिमिरे र बाणगंगा नगरपालिका नगर प्रमुख मंगल प्रसाद थारुले  आफुले नगरको स्वस्थ्य क्षेत्रको विकास र कोरोना रोकथाम नियन्त्रणका लागि आफुहरु लागि पर्ने बताए ।