अर्घाखाँचीमा थपिए २२ कोरोना संक्रमित, एक जनाको मृत्यु

प्रकाशित मिति:

बुटवल । अर्घाखाँचीमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न पालिकाहरुमा गरि २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा १० जना, शितगंगा नगरपालिकामा ७ जना, मालारानी गाउँपालिकामा २ जना, भुमिकास्थान नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा १/१ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या २,१२० पुगेको छ । हाल ३९२ जना उपचाररत छन् ।

यस्तै, जिल्लामा कोरोना जित्नेको संख्या १६७३ रहेको छ । पछिल्लो २४ घण्टामा कुनै पनि विरामी डिस्चार्ज भएका छैनन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ ।

यसैबीच, कोरोना संक्रमितको दर घट्दै गएपनि जोखिम कायम रहेकोले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अर्घाखाँचीमा जारी निषेधाज्ञा जेठ ३१ गते राति १२ः००बजे सम्म थप गरेको छ ।

थप समाचार