स्याङजा समाज यूके द्धारा स्याङजाका ६ पालिकालाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

प्रकाशित मिति:

स्याङजा समाज यू.के. परिवारद्धारा स्याङजाका विभिन्न ६ पालिकाहरुलाई अक्सिजन कन्सनट्रेटर सहयोग हस्तान्तरण गरेको छ । स्याङजा समाज यू.के. परिवारले पुतलीबजार नगरपालिकाको रोहोवरमा ६ वटा कन्सनट्रेटर ६ पालिकाहरुलाई सहयोग गरेको हो । कन्सनट्रेटर सहयोग ग्रहण गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले स्वास्थ्य सामाग्री सहयोगबाट यू.के. परिवारले धेरै ठुलो गुन लगाएको बताईन् । नगरप्रमुख क्षेत्रीले अक्सिजन अभाव भएको खण्डमा कन्सनट्रेटर प्रयोग गर्न सकिने बताईन् । उनले सहयोगी हात स्याङजा समाज यू.के. परिवारलाई धन्यबाद व्यक्त गरिन् । यू.के. परिवारले स्याङजाका पुलतीबजार सहित वालिङ, गल्याङ नगरपालिका, फेदीखोला, विरुवा गाउँपालिका र आँधिखोला गाउँपालिकामा रहेको राजस्वाँरा पन्चमुल स्वास्थ्य केन्द्रलाई कन्सनट्रेटर उपलब्ध गराएको हो । सहयोग उपलब्ध गराउदै स्याङजा समाज यू.के. परिवारका प्रतिनिधि मेजर लक्ष्मी प्रसाद गुरुङले आफ्नै ठाउँमा सहयोग गरौ भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताए । मेजर गुरुङले कोरानाबाट आक्रान्त बनेको समाजलाई कोरोना मुक्त बनाउन स्वास्थ्य सामाग्री उपलब्ध गराएको जानकारी दिए । उनले आवश्यक परेको खण्डमा अझै सहयोग गर्ने बताए ।

त्यसैगरी लाइन्स क्लब अफ ग्रीन सिटी काठमाडौं र बतास फाउण्डेसनले पनि सयूक्त रुपमा पुतलीबजार नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । ग्रीन सिटी काठमाडौं र बतास फाउण्डेसनले ४ बोरा चालम, पिपिई र ५ हजार ५० पिस माक्स उपलब्ध गराएका हुन् । सहयोग हस्तान्तरण गर्दै लाइन्स क्लब अफ ग्रीन सिटी काठमाडौंका सभिर्स चेअर पर्सन असोक शर्माले एम्बुलेन्स पनि सहयोग गर्ने तयारी भैरहेको जानकारी दिए । चेअर पर्सन शर्माले पुतलीबजार नगरपालिकामा विरामीहरुको अवस्था बारे चासो व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष शारदा गुरुङको अध्यक्षता मा १५ मे २०२१ मा बसेको बैठकको निर्णय अनुसार बेलायतमा बसोबास गर्ने स्याङ्जा जिल्लाबासीहरुद्वारा १२ लाख ६२ हजार रुपैया संकलन गरिएको थियो । जसमध्ये दश लाख ६२ हजार संस्थाका संरक्षक मेजर कुमार गुरुङको पहलमा भोलेन्टियर कोप्स च्यारिटि संस्था मार्फत नेपाल पठाइ वितरण गरिएको समाजका उपाध्यक्ष भरत गुरुङले बताए ।यसरी यो छोटो समय भित्र आफ्नो देशमा परिआएको विपत्तीविरुद्ध लड्नको निम्ती सहयोग संकलन गर्न पाउँदा निकै खुशी लागेको भन्दै अध्यक्ष शारदा गुरुङले यस अभियानमा साथ दिने स्याङ्जा समाज यूकेका संरक्षक, सल्लाहकारहरु, कार्यसमिति आमा समूह तथा सदस्यहरु सबैमा आभार व्यक्त गरे ।

तत्कालिन स्याङ्जा शिरुवारीका प्रधानपन्च लाल बहादुर गुरुङका छोरा बेलायतस्थित स्याङ्जा समाज यूकेका प्रमुख सल्लाहकार डेविड गुरुङले आफ्नो गाँउठाँउमै पहिलो प्राथमिकता दिएर महामारी विरुद्ध लड्नको निम्ती आफ्नो बाबामार्फत पाएको प्रेरणाले सहयोग गरिएको बताए । देशबाहिर रहेपनि आफ्नो जन्मस्थलको सेवा गर्नको निम्ती सदैव मनमुट दिएर तत्पर रहेको उनको भनाई छ ।यस्तै समाजका महासचिब बलाराम ढकालले संस्था गठन भएयता जन्मभूमिमा परिआएका विभिन्न समस्याहरुमा तन, मन र धन दिएर सहयोग गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि हरेक किसीमका सहयोगका काम गर्ने क्रममा पछि नहट्ने बताए । बेलायतमा संस्था गठन भई काम शुरू गरेदेखि नै यस संस्थाले जिल्लामा घट्दै गएका विभिन्न आपतविपदका घटनामा साथ दिने मात्र नभएर संस्कृति सम्पदा संरक्षणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।