कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

प्रकाशित मिति:

काठमाडौं , १३ मंसिर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा महासमिति बैठकमा पेश हुने विधान मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कांग्रेसले जनाएको छ ।बजेपछि बस्ने बैठकमा महासमिति बैठकमा पेश हुने विधान मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कांग्रेसले जनाएको छ ।

मस्यौदामा केन्द्रीय सदस्यको धारणा समेटेर सकेसम्म सहमतिकासाथ महासमिति बैठकमा लैजाने र नमिलेका कुरा महासमितिमै छलफल गरी सहमति खोज्ने तयारी रहेको कांग्रेस नेताहरुले बताएका छन् । बिहीबारको बैठकमा धारणा पेश गर्न बुधबार संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बेग्लाबेग्लै छलफल गरेका छन् ।

दुबै पक्षले नयाँ विधानमा आफू अनुकुल हुने खालका प्रावधान राख्न जोड दिइरहेका छन् । विधानको मस्यौदा महासमिति बैठकमा पेश गर्ने कांग्रेसको तयारी छ ।