गल्याङ नगरपालिका ११ मा ३७ जनामा गरिएको परिक्षणमा ३२ जनामा नेगेटिभ, पाँच जना मात्र पोजिटिभ

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ११ मा कोरोना भाइरस ९कोभिड १९० को परिक्षण गर्ने क्रममा पाँच जना मात्रै पोजिटिभ देखिएको छ । गल्याङ नगरपालिका ११ नम्बर वडा कार्यालय तुलसीभञ्ज्याङमा स्थानीयवासीहरुका लागि गरिएको परिक्षणमा पाँच जनामा नतिजा पोजिटिभ आएको हो ।गल्याङ नगरपालिकाका गाउँ तथा टोलमा पुगेर परिक्षण गर्ने क्रममा विहीबार तुलसीभञ्ज्याङका स्थानीयवासीका लागि परिक्षण गरिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखा संयोजक गुनेन्द्र राना, गल्याङ नगर अस्पतालका चिकित्सक निरञ्जन चौधरी सहितको टोलीले एण्टिजिन परिक्षण गरेको थियो ।गल्याङ नगरपालिका वडा नम्बर ११ का अध्यक्ष शंकरदेब अधिकारी तथा वडा सदस्य गोपाल भण्डारीले घर घर पुगेर निशुल्क परिक्षण गर्ने कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको थियो ।वडा सदस्य भण्डारीले इच्छुकहरुलाई निशुल्क परिक्षण गरिएको बताउनुभयो ।गल्याङ नगरपालिकामा अहिले कोरोनाको संक्रमण कमी भएको स्वाथ्य शाखा संयोजक गुनेन्द्र रानाले जानकारी दिनुभयो ।संक्रमणको दर कमी भए पनि साबधानी अपनाउन र स्वास्थ्य मापदण्डको पालना गर्न भने छोड्न नहुने उहाँले बताउनुभयो ।कोरोनाको नयाँ नयाँ भेरियण्ट आउने क्रम चलिरहेको र सुस्त गतिमा भए पनि संक्रमण फैलने क्रम रहेकाले अझै पनि उच्च साबधानी अपनाउनुपर्ने रानाको भनाई छ ।

यसअघि गल्याङ नगरपालिकाले विरामीको संख्या बढेको भन्दै गल्याङ नगरपालिकाको वडा नम्बर ११ गिनचौरमा पुगेर एण्टिजिन परिक्षण गरेको थियो । सो क्रममा ६१ जनाको एण्टिजिन परिक्षण गरिएकोमा एक जनामा मात्र नतिजा पोजिटिभ देखिएको थियो । यस्तै गल्याङबजारमा ३७ जनामा गरिएको परिक्षणका क्रममा एक जनामा मात्रै नतिजा पोजिटिभ आएको थियो ।आवश्यकताको आधारमा अन्य ठाउँहरुमा पनि पुगेर परिक्षण गर्ने गल्याङ नगरपालिकाले आग्रह गरेको छ । महामारी नियन्त्रणका लागि परिक्षण गर्नुपर्ने भएकाले नगरपालिकाले तोकेका ठाउँहरुमा निशुल्क परिक्षण गराई सहयोग गर्न नगरपालिकाले आह्वान गरेको छ ।गल्याङ नगरपालिकाले पोजिटिभ देखिएकाहरुलाई औषधी उपचारको व्यवस्था र गम्भिर विरामीका लागि अस्पताल ल्याउने व्यवस्था पनि मिलाएको जनाएको छ ।