कञ्चन गाउँपालिकाले वडा वडामा एन्टिजिन परिक्षण गर्ने

प्रकाशित मिति:

२० जेठ,कञ्चन- नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोकथाम तथा न्युनिकरण गर्न कञ्चन गाउपालिकाले वडा वडामा एन्टिजिन परिक्षण गर्ने भएको छ। रुद्रपुर स्वास्थ्य चौकी र गजेडी स्वास्थ्य चौकीमा गरी हप्ताको दुई पटक एन्टिजिन परिक्षण गर्दै आएकोमा कञ्चनवासीको स्वास्थ्य सेवामा नजिकको पहुंच बनाउन वडामा भएका आधारभुत स्वास्थ्य केन्द्रहरुमा एन्टिजिन परिक्षण गर्ने भएको हो ।

कञ्चनमा कोरोना संक्रमणको महामारीको अवस्था भयाबह भएपछि संक्रमणको चेन ब्रेक गर्न गाउपालिकाले निशुल्क रुपमा पिसिआर तथा एन्टिजिन परिक्षण गर्दै आइरहेको छ। हाल सम्म कञ्चनमा १० जनाले कोरोना संक्रमित भई ज्यान गुमाईसकेको र करिब २ सय ५०जना भन्दा बढी कोरोना संक्रमित भएको अवस्थामा थप संक्रमण फैलिन नदिन र संक्रमणबाट हुन सक्ने थप जटिलता उत्पन्न हुन नदिन कोरोना संक्रमणसंग मिल्दो जुल्दो लक्षण देखिएकाहरुको स्वाव परिक्षण गर्दै आइरहेको कञ्चन गाउपालिकाका फोकल प्रसन तथा स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले जानकारी दिएका छन।

स्वास्थ शाखा प्रमुख गौतमका अनुसार जेठ २१ गते वडा नं। ५ मा रहेको आधारभुत स्वास्थ्य केन्द्र,भैसाही, २३ गते वडा नं। २ मा रहेको गजेडी स्वास्थ्य चौकी, २४वडा नं। १ मा रहेको आधारभुत स्वास्थ्य केन्द्र र २६ गते वडा नं। ४ मा रहेको रुद्रपुर स्वास्थ्य चौकीमा एन्टिजिन परिक्षणका लागि बिहान १० बजे देखि १२ बजे सम्म स्वाव संकलन हुनेछ। कोभिडसंग मिल्दो जुल्दो लक्षण देखिएमा तथा संक्रमितहरुसङ्ग प्रत्यक्ष सम्पर्कमा रहेका र संक्रमितहरुलाई स्याहार सुसार गर्दा कोरोना संक्रमणको लक्षण देखिएका सबैले सम्बन्धित वडाका स्वास्थ्य केन्द्रहरुमा सम्पर्क गर्नु हुन