चाइनिज ताइपेइविरुद्ध नेपालको ‘शुरुवाती ११’ सार्वजनिक, टोलीमा दुई परिवर्तन

प्रकाशित मिति:

काठमाडौं। फिफा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्धको खेलका लागि नेपालले आफ्नो ‘शुरुवाती ११’ सार्वजनिक गरेको छ।गत साता इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको टोली र आजको ‘शुरुवाती ११’ मा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुई परिवर्तन गरेका छन्।

उनले फरवार्ड नवयुग श्रेष्ठको स्थानमा सुनिल बललाई खेलाएका छन् भने आफ्नो डेब्यू खेलमै गोल गरेका मनिष डाँगीको स्थानमा आशिष लामाले आजको खेल शुरुवात गर्ने छन्।

चाइनिज ताइपेइविरुद्ध नेपालको खेल कुवेतको ‘जबर अल(हमद अन्तराष्ट्रिय रंगशाला’मा अहिले ९स्४५ बजे ‘किकअफ’ हुँदैछ।