पाँचथरमा धतुरोको सब्जी खाएर बिरामी भएका नेम्बाङको मृत्यु

प्रकाशित मिति:

पाँचथर । एक साता अघि धतुरोको सब्जी खाएर बिरामी भएका पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नं ४ चिलिङदेनका ६८ वर्षीय लक्ष्मी नेम्बाङको गएराती मृत्यु भएको छ ।

बारीमा पाइने धतुरो प्रजातिको झारपातको सब्जी बनाएर खादा उनी सहित परिवारका सातै जना बिरामी भएका थिए । नेम्बाङको विराटनगरस्थित न्युरो हस्पिटलमा मृत्यु भएको उनका छोरा लोकेन्द्र नेम्बाङले बताउनु भएको छ । नेम्बाङका परिवारले विषालु प्रजातिको उक्त वनस्पतिको सब्जी खाएपछि बरबराउने,वान्ता गर्ने जस्ता लक्षण देखिएको थियो ।

नेम्बाङको झापा, धरानसहित विभिन्न अस्पतालहरूमा उपचारको प्रयत्न भएतापनि गएराती मृत्यु भएको हो । परिवारका अन्य सदस्यहरु भने निको भइसकेका छन् । गत हप्ता शुक्रवार बिहान १० बजे बारीको झारपात सहितको धतुरोको सब्जी खाएपछि उनीहरू बेहोस हुने, बरबराउने,बान्ता गर्ने भए पछि उनहरूलाई उपचारमा पठाइएको थियो ।