प्रदेशसभा सदस्यको कारले ठक्कर दिँदा एकजनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीको गाडीको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सांसद कार्कीको कार भने छोरा रविन कार्कीले चलाएका थिए। विराटनगरको एयरपोर्ट मोडस्थित सडकमा प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

घटनामा भारतीय नागरिक ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको र अर्का २४ वर्षीय रामकुमार राजवंशी गम्भीर घाइते भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।प्रवक्ता राईका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि कोशी अस्पतालमा पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए। प्रदत्यक्षदर्शीका अनुसार कारमा कार्कीका छोरा रोविन र अन्य दुई युवती थिए।@freshnepalnews