कोरोना संक्रमणबाट पूर्वसांसद वाइबाको निधन

प्रकाशित मिति:

काठमाडौँ । पूर्वसांसद बिष्णुलाल तामाङ (बिएल वाइबा)को कोरोना संक्रमणका कारण निधन भएको छ ।  झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा पूर्वसांसद वाइबाको बिहीबार निधन भएको हो ।

उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । उनी २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । सादा जीवन, सरल र जुझारू रहेका पूर्वसांसद वाइबा किसान र मजदूरबीच लोकप्रिय रहेका थिए ।

वाइबाका तीन छोरा र दुई छोरी छन्