उबर भोजन चालकको हत्याको आरोपमा दुई किशोरीहरु दोषी ठहर

प्रकाशित मिति:

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा उबर इट्स (भोजन) चालकको हत्याको आरोपमा दुई किशोरीहरुलाई दोषी ठहर गरिएको छ । गत मार्च महिनामा डिसीको राष्ट्रिय उद्यान नजिक उबर चालकको निधन भएकोले दुई किशोरीहरुलाई दोषी ठहर गरिएको हो ।अदालतले १३ बर्षिय युवतीलाई पनि दोषी ठहर गरेको छ । उनिहरुले भर्जिनियाको स्प्रिंगफिल्डमा बसोबास गर्ने ६६ बर्षिय मोहम्मद अनवरलाई हत्या गरेको आरोप लगाईएको छ ।

उनीहरुलाई दोश्रो श्रेणीको हत्याको आरोप जुन ३ का दिन लगाइएको छ । उनीहरूकै कारण उक्त व्यक्तिको निधन भएको भनि डब्लुटिओपी डटकमले जनाएको छ ।१३ वर्षीय किशोरी र १५ वर्षीय किशोरीले बेहोस गर्ने बन्दुक प्रयोग गरि उनको सवारी साधन चोर्दा उक्त दुर्घटना भएको थियो ।उनको गाडी दुर्घटना भै पल्टिएको कारण उनको निधन भएको थियो । घटनाको रेकर्ड(अभिलेख )गत मार्च २३ मा धेरै जना प्रत्यक्षदर्शीले गरेका थिए ।