नागरिकता अध्यादेशविरुद्धको रिटमाथि सुनुवाई गर्न बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन
प्रकाशित मिति:
काठमाडौं । नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो नेतृत्वमा बरिष्ठ न्यायाधीशहरूलाई संवैधानिक इजलासमा तोकेका हुन् ।
संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा संवैधानिक इजलासमा छन् ।