एक जना विमारीका लागि रेडक्रस विमान चार्टड

प्रकाशित मिति:

काठमाडौं । स्वीजरल्याण्डले आफ्नो एक नागरिकका लागि विमान चार्टड गरेको छ । आफ्नो एक नागरिक काठमाडौंमा विमारी भएपछि बिहीबार स्वीजरल्याण्डले रेडक्रस विमान चार्टर गरेर उद्दार गरेको हो । बिहीबार बिहान आफ्नो नागरिक लिन स्वीजरल्याण्डले रेडक्रस विमान पठाएको थियो । उक्त विमान बंगलादेश हुँदै नेपाल आएको अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

एयरक्राफ्ट सि–६५० को रेडक्रस विमान बिहीबार विहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो भने उक्त विमान एक जना विमारी लिएर ९ः१५ मा उडेको थियो ।@drishtinews.com