लुम्बिनीमा रेडक्रस मार्फत स्वास्थ्य समाग्री वितरण

प्रकाशित मिति:

बुटवल २१ जेठ । नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश मार्फत सबै जिल्लामा स्वास्थ्य समाग्री वितरण गरिएको छ । प्रदेशका १२ वटै जिल्लामा पिपिई, मास्क, डेथवढि व्याग र अक्सिजन कन्सन्टेटर वितरण गरिएको हो । नेपाल रेडक्रश सोसाईटीको सहयोग र प्रदेश समितिको समन्वयमा ती समाग्रिहरु प्रदेशका सबै जिल्ल्ला शाखाहरु मार्फत सरोकारवालाहरुलाई वितरण गरिएको छ ।

जिल्ला रेडक्रसले समेत ति सामाग्रीहरु आवश्यकताका आधारमा सारोकारवालाहरुलाई प्रदान गर्ने नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनीले बताए । उनका अनुशमर फन्टलाईनरहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारक्रमी लगायतलाई ति समाग्रहरु वितरण भैरहेको छ । रेडक्रसले लुम्बिनी प्रदेशमा ३ लाख सर्जिकल मास्क, दश हजार एन नाईनटी फाईभ मास्क वितरण गरेको छ । त्यसैगरि छ सय पीपीई सेट तथा १ एक सय थान डेथवडी व्याग वितरण गरिएको छ । रेडक्रश लुम्बिनी प्रदेश समितिका अनुशार १७ थान अक्सिजन कन्सन्टेटर वितरण गरिएको हो ।

त्यसैगरि लुम्बिनी प्रदेश सकारलाई पनि स्वास्थ्य समाग्री हस्तातरण गरिएको छ भने प्रदेश पत्रकार महासघ लुम्बिनी र मानव सेवा आश्रम जस्ता संस्थामा पनि प्रदेश समितिवाट सामाग्री वितरण गरिएको हो । विपदका वेला अग्रपंतीमा खट्नेहरुका लागि गरिएको समाग्री वितरणले सकारात्मक सन्देश प्रवाह गरेको छ । लुम्बिनी प्रदेश अन्तरगतका नवलपारासी, रुपन्देही, पाल्पा, गुल्मी अर्घाखाची, कपिलवस्तु, प्युठान, रोल्पा, पुर्वि रुकुम दाङ, वांके र वर्दिया जिल्लामा समाग्री पुगेको छ । जिल्लाको जनसंख्या लगायतलाई समेत आधार मानेर समागिू वितरण गरिएको पंगेनीले बताए ।यसैविच नेपाल पत्रकार महासघ प्रदेश समितिका अध्यक्ष बसन्त गिरीमार्फत रेडक्रसले स्वास्थ्य समाग्रि प्रदान गरेको छ ।