रुपन्देहीमा पछिल्लो २४ घण्टामा २०१ जनाले कोरोना जिते

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ६६१ जनाको कोरोना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा १३/१३ जना, सिद्धार्थनगर नगरपालिकामा १४, सैनामैना नगरपालिकामा १० जना, देवदह नगरपालिकामा ८ जना, ओमसतिया गाउँपालिकामा ६ जना, कञ्जन गाउँपालिकामा ३ जना, सियारी गाउँपालिका र रोहिणी गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ९५६ पुगेको छ । हाल जिल्लामा १ हजार ५७२ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा २०१ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २४ हजार ९३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४४४ पुगेको छ ।