गुल्मीमा टिप्पर दुर्घटना, चालक घाईते

प्रकाशित मिति:

गुल्मी । गुल्मीमा टिप्पर दुर्घटनामा परि चालक घाईते भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-५, काउलेमा भएको दुर्घटनामा परि चालक सत्यवती गाउँपालिका २ का २९ बर्षका खेमराज पाण्डे घाइते भएको स्थानिय रोमाकान्त भण्डारीले जानकारी दिए ।

रिडी देखि रिमुवासम्म बालुवा बोकेर हिडेको लु २ ख ३६२२ नम्बरको टिप्पर दुर्घटना भएको वडाध्यक्ष हरि प्रसाद ज्ञवालीले जानकारी दिए । घाइतेलाई उपचारको लागि श्रीङगा प्राथमिक स्वास्थ चौकिमा लगिएको ज्ञवालीले बताए । घाइते पाण्डेको अवस्था सामान्य छ ।