अमेरिका वस्दै आएका बोगटी द्धारा स्वास्थ्य सामाग्री सहयोग

प्रकाशित मिति:

मंगलसैन नगरपालिका वडा नम्बर ३ निवासी समाजसेवी कर्ण बहादुर बोगटी जिल्ला अस्पताल अछाम लाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । हाल अमेरिकामा बस्दै आएका बोगटीले आफ्ना भाइ द स्टार मोबाइल ग्यालरीका प्रोप्राइटर मिनबहादुर बोगटी मार्फत जिल्ला अस्पताललाइ हस्तान्तरण गरेकाहुन ।

आज एक कार्यक्रमका बीच जिल्ला अस्पताल मंगलसेनका प्रमुख एमडिजिपि डा। सोनाली बास्कोटालाई सर्जिकल माक्स ह्यान्ड सेनिटाईजर ,औसधी लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको उनका भाइ मीन बोगटीले जानकारी दिए ।

जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन जिल्ला अस्पताल लाई उक्त सामाग्री उपलब्ध गराएको बताए । समाजसेवि तथा मनकारी भावना भएका बोगटीले बेला बेलामा जिल्ला बासिलाइ सहयोग गर्दै आइरहेका छन् ।अहिले महामारिको बेलामा अस्पताल लाई सहयोग गरेको भन्दै अस्पताल परिवारले बोगटि लाई धन्यवाद व्यक्त गरेको छ ।